माओवादी कर्णाली प्रदेश संसदीय दलको निर्णय: शर्माले विश्वासको मत लिने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने नै हुनुभएको छ । मंगलबार बसेको माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिनुपर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिनुभयो ।

दलको बैठक सकिए लगत्तै परियारले भन्नु भयो,‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ ।

सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो ।’ 

केन्द्रमा गठबन्धनमा भएको सहमति अनुसार कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने छ । परियारले बुधबार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने जानकारी दिनुभयो । उहाँले विश्वासको मत लिएको केही दिनपछि सत्ता हस्तान्तरण हुने बताउनु भयो ।

यस्तै उहाँले नेकपा एमालेले पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्नु भयो । उहाँले केन्द्रको निर्णय माओवादी कर्णालीले लागु गर्ने बताउनु भयो ।

संसदमा विश्वासको मत लिनका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिएर मात्रै सत्ता हस्तान्तरण हुने उहाँले बतानुभयो।

सेयर: 23
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ