Ad imageAd image

राजा ल्याउने मुद्दा उठाएर नेपाली मनहरुलाई गलत बाटोमा लगिदैछ : मन्त्री पाण्डे

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले राजाको विषय उठाएर नेपाली मनहरुलाई गलत बाटोमा लान खोजिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन समारोहमा उनले राजा फर्किएर राम्रो होला कि भन्ने खालको विचारबाट केही मानिसले काम गर्न खोजिरहेको भन्दै यसले नेपाली मनहरुलाई फेरि गलत बाटोमा लान खोजेको बताए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रकाबारे केही प्रश्नहरु उठेको छ । राजा फर्किएर राम्रो होला कि भन्ने खालको विचारबाट पनि केही मानिसले काम गर्न खोजिरहेको छ । मलाई त्यस्तो लाग्दैँन्, हामीले साढे २ सय वर्ष राजा देख्यौ । सक्रिय राजा होइन, संवैधानिक राजाको कुरा गर्ने हो भने त्यो राष्ट्रपति हुनुहुन्छ । त्यसकारण न सक्रिय राजाको उपाध्ययता देखिन्छ न संवैधानिक राजाको अनि राजा ल्याउने भनेको कसलाई ल्याउने ? राजा ज्ञानेन्द्र ल्याउने हो भने हिजै ल्याएको हो । राजाको छोरालाई ल्याउने हो भने पारसलाई पनि नजिकबाट देखेका छौं । होइन नातिलाई ल्याउने हो भने बाउ बाजेले गर्न नसकेको काम नातिले आएर के गर्छ । त्यसैले यो गलत बाटोमा फेरि नेपाली मनहरुलाई झकझकाउन, फसाउन खोजिरहेका छौ कि भन्ने लागेको छ ।’

यो समावेशिता, लोकतन्त्र र संघीयतामा आधारित गणतन्त्र एकदमै दूधले नुहाएको जस्तो सबै ठिक नभएको भन्दै यसमा निरन्तर सुधारको खाँचो रहेको पनि उनको भनाइ छ ।

- Advertisement -
Ad imageAd image

यस्तै, उनले लोकतन्त्रले गर्दा नै कला स्वतन्त्र तरिकाले प्रकट र प्रस्तुत हुन पाएको भन्दै तीन तहका सरकारहरुको समन्वय र सहकार्यमा देश निर्माण र लोकतन्त्रको बाटोमा अगाडि बढ्नुपर्ने बताए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
94%
शनि
26 °C
आइत
24 °C
सोम
26 °C
मंगल
22 °C
बुध
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ