Ad imageAd image

नीति नियम र कानुनहरुलाई समयसापेक्षित बनाउन आवश्यक : मन्त्री पाण्डे

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा विगतको अध्ययन,अनुसन्धान र जाँचबुझभन्दा सत्यतथ्यको नजिक पुग्ने गरी अनुसन्धान गरिरहेको बताएका छन् ।

आइतबार भक्तपुरमा आयोजित सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरुको ४५ औं दिनको श्रद्धाञ्जली सभा’ एवंम् नेपालमा हवाई सुरक्षा’ बहस कार्यक्रममा उनले दुर्घटना सम्बन्धि प्रारिम्भक प्रतिवेदन मन्त्रालयले प्राप्त गरिसकेको जानकारी गराउँदै निष्कर्षमा पुगेर कार्यान्वयन गर्ने दिशामा मन बचन र कर्मले प्रतिवद्धताकासाथ अगाडि बढेको बताएका हुन् ।

उनले भने, ‘सौर्य एयरलाइन्स दुर्घटनाको बारेमा सकेसम्म विगतको अध्ययन अनुसन्धान र जाँचबुझहरुभन्दा सत्यतथ्यको नजिक पुगौं र त्यो सत्थतथ्यको आधारमा हामी एउटा निष्कर्षमा पुगेर त्यसलाई कार्यान्वयन गर्ने दिशामा निष्ठापूर्वक लागौं भन्ने हिसाबले मन बचन र कर्मले हामी प्रतिवद्धताकासाथ अगाडि बढेकाछौं । प्रारिम्भक प्रतिवेदन मन्त्रालयले प्राप्त गरिसकेको छ । यसको अन्तिम प्रतिवेदन आउन अझै केही समय लाग्ने छ ।’

उनले नेपालमा कानुनहरु बनाउनुपर्ने काम निर्वाह गर्नुपर्ने सन्दर्भमा पहिलो कुरा त नीति बनाउने कुरामा नै चुकेको बताए । समयसापेक्ष नीतिहरु नभएको भन्दै नीति नियम र कानुनहरु बनाउने कुरामा ध्यान दिन जरुरी रहेको बताए ।

- Advertisement -
Ad imageAd image

उनले भने,‘हाम्रो नेपालमा कानुनहरु बनाउनुपर्ने जुन काम हामीले निर्वाह गर्नुपर्ने हुन्छ । पहिलो कुरा त नीति बनाउने कुरामा नै हामी चुक्छौं । हामीले समयसापेक्ष नीतिहरु बदलिरहेका हुँदैनौं । त्यसैले नीतिहरु बनाउने कुरामा कानुनहरु बनाउने कुरामा पनि हामीले ध्यान दिन जरुरी रहेका छ । ’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
70%
1 km/h
बुध
23 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ