जनवरीको हाइटीमा भएको सामूहिक हिंसामा एक हजार एक सयभन्दा बढी हताहत : राष्ट्रसङ्घ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार हाइटीका प्रमुख सहरहरूमा बढ्दो अशान्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् । जनवरीमा एक हजार १०० भन्दा बढी व्यक्ति हताहत भएका छन् ।    
    
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य प्रमुख सहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ ।    
    
पछिल्लो समयमा, प्रदर्शनहरूको बिचमा घातक हिंसाको कारण मानवीय कार्यहरूमा ठूलो अवरोध ल्याएको छ । यसले अप्ठेरोमा परेका नागरिकहरूलाई घटनास्थलमा सहयोग गर्ने पुग्ने योजनालाई असर गरेको ओसिएएचएले जनाएको छ । हिंसाबाट देशभरी तीन लाख १३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।    
    
सडक अवरोध र आवागमन प्रतिबन्धले स्वास्थ्य सेवाकर्मीहरूलाई असर गर्ने तथा आवश्यक सामाजिक सेवाहरूको पहुँचमा सम्झौता गर्नु पर्ने मानव अधिकारकर्मीले बताएका छन् । उनीहरूका अनुसार सडक र बन्दरगाहसम्म पुग्न कठिनाइ हुँदा जीवन–रक्षक राहतको वितरणलाई पनि असर गरेको छ ।    
    
विभागको एउटा मानवीय संस्थालाई पनि लुटिएकाले आगामी दिनमा यसको सञ्चालनमा ठुलो असर पार्ने कार्यालयले जनाएको छ ।    
    
जनवरीको मध्यसम्ममा पोर्ट–ओ–प्रिन्स र अन्य शहरी क्षेत्रसहित राष्ट्रव्यापी रूपमा एक हजारभन्दा बढी विद्यालयहरू विरोध कार्यक्रम र प्रदर्शनका कारण अस्थायी रूपमा बन्द गरिएको थियो ।    
    
ओसिएचएले देशमा हिंसाले खाद्यान्नको मूल्य लगभग २५ प्रतिशतले बढेको बताएको छ ।    

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
सोम
24 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ