अबका वर्ष सरकारका नयाँ रेकर्ड कायम हुन्छन्

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले अबको वर्षमा सेवा, विकास र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बनाउने ताउनुभएको छ । मंगलबार विहान १३१ औँ माओ दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले यही वर्ष पनि केही रेकर्डहरू कायम गरेको र त्यसबारे आफूले साँझ गर्ने सम्बोधनमा जानकारी गराउने बताउनुभयो ।

प्रधानमन्त्री बनेको आज मंगलबार एक वर्ष पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले बेलुका ५ बजे देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘सरकारले एक वर्ष पूरा गरेको छ । योबीचमा केही न केही रेकर्डहरू त बनेकै छन् । त्यसलाई नजिकबाट नियाल्ने मानिसहरूले देख्नुभएकै छ,’ उनले भने, ‘अब नयाँ वर्षमा नयाँ ढङ्गले काम गर्ने प्रण गरेको छु । म आफैँले नयाँ ढङ्गले काम थालिसकेको छु ।

अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनपर्नेछ ।’ माओप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले दश वर्षे जनयुद्ध र शान्ति कालमा पार्टीमा योगदान पुर्याएका नेता कार्यकर्ताहरूको योगदानलाई उच्च स्थानमा राखिने बताउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ