Ad imageAd image

थाइल्याण्डमा नेपाली म्युजिक फेस्टिवल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक । हरेक वर्ष झैं यो वर्ष पनि एनआरएन थाइल्याण्डले नेपाली म्युजिक फेस्टिवलको आयोजना गरेको छ ।
आज १४ अप्रिलमा थाइल्याण्डको फुकेटमा साङ्गीतिक कार्यक्रमको आयोजना हुने थाइल्याण्ड एनआरएनका भविन्द्र बस्नेतले बताउनुभयो। उहाँले यो वर्षको कार्यक्रम थप रोचक हुने बताउंदै थाइल्याण्डस्थित सबै नेपालीलाई कार्यक्रममा उपस्थितिकालागि अनुरोध गर्नुभएको छ ।

थाई नेपाली संघ, नेपाल एयरलायन्सको सहकार्यमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डद्धारा आयोजित यो पटकको सो साङ्गीतिक कार्यक्रममा गायक श्रीकृष्ण वम मल्ल, धिरज राई, गायिका अस्मिता अधिकारी, सदीक्षा नेपाल लगायत विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् ।

नेपाली नयाँ वर्षको अवसरमा एनआरएन थाइल्याण्डले हरेक वर्ष साङ्गीतिक कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । कार्यक्रममा उल्लेखनीय दर्शकहरुको उपस्थिति रहने बस्नेतले बताउनुभएको छ ।कार्यक्रम आज बेलुकी ६ बजेबाट सुरु हुने छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
overcast clouds
19° _ 19°
46%
2 km/h
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ