Ad imageAd image

रौतहटमा गोली चल्यो, एक घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहटको परोहा नगरपालिका—९ का २६ वर्षीय नितेश साह शुक्रबार दिउँसो गोली लागि घाइते भएका छन् । शिव मनि ट्रान्सफरका सञ्चालक साहमाथि मोटरसाइकलमा आएका ३ जना भारतीयले गोली प्रहार गरेका हुन् । मनी ट्रान्सफर अफिसमा बसिरहेका साहमाथि गोली प्रहार भएको हो ।

गोली लागी घाइते साहलाई उपचारको लागि वीरगन्ज लगिएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयका डीएसपी एलिजा गिरीका अनुसार साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनालाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए । डीएसपी गिरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेका छन् । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली बरामद गरेको छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठसमेत पुगेका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
100%
4 km/h
बिहि
22 °C
शुक्र
20 °C
शनि
20 °C
आइत
20 °C
सोम
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ