Ad imageAd image

पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । सर्लाहीको बरहथवामा नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–१७, कटानीमा मंगलवार बिहान पौने तीन बजेतिर ना ४६ प २८२० नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पुलमा ठोक्किएर तीन मिटरजति तल खस्दा चालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार बरहथवा नगरपालिका १७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको मोटरसाइकल पुलबाट खस्दा चालक मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो ।

रायलाई भेनस अस्पताल बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि एल।एस। न्यूरो अस्पताल बारा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन ।

- Advertisement -
Ad imageAd image

मृतक मोटरसाइकल चालकको शव एल।एस। न्यूरो अस्पताल बारामै रहेको छ ।घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
overcast clouds
22° _ 22°
90%
2 km/h
मंगल
24 °C
बुध
27 °C
बिहि
24 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ