प्रतिनिधिसभा सचिव पाण्डेयको राजीनामा स्वीकृत

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — प्रतिनिधिसभा सचिवबाट पद्मप्रसाद पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवबाट पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार प्रतिनिधिसभा सचिव पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधिसभाको सचिव पदबाट मिति २०८० माघ २३ गते दिनुभएको राजिनामा सोही मितिदेखि लागु हुनेगरी राष्ट्रपतिले स्वीकृत गर्नुभएको छ, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाण्डेयलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को महासचिवमा सिफारिस गर्नुभएको छ । महासचिव सिफारिस भएको २ महिना पुग्नलाग्दासमेत नियुक्ति नभएपछि पाण्डेयले प्रतिनिधिसभा सचिवबाट राजीनामा दिनुभएको हो ।

मंसिर २५ मा पाण्डेयलाई महासचिवमा सिफारिस गरिएको थियो । तर, रीत नपुगेको भन्दै राष्ट्रपतिले नियुक्ति रोकेका थिए । पाण्डेयले प्रतिनिधिसभाको सचिवबाट राजीनामा नगरी महासचिवमा सिफारिस गरिएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ