‘मान्छेलाई मृत्युदण्ड दिन हुँदैन’ – मानव अधिकारकर्मी दाहाल

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक- थाइल्याण्ड, मानव अधिकारकर्मी पुरुषोत्तम दाहालले मान्छेलाई मृत्युदण्ड दिन नहुने आफ्नो धारणा राखेका छन्। साहित्य मन थाइल्याण्डले आयोजना गरेको ६७ औँ विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित ‘आदर्श दिव्य दर्पण’को छैटौँ शृङ्खलामा प्रमुख अतिथिको रूपमा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रमुख अतिथि दाहालले मान्छेको बाँच्न पाउने अधिकार नैसर्गिक भएको र कसैले पनि मान्छेलाई मार्न वा मृत्युदण्ड दिन नहुने कुरामा जोड दिए। उनले भने, “मान्छेको बाँच्न पाउने अधिकार छ, कसैले पनि मान्छेलाई मार्न पाइँदैन। कसैलाई पनि मृत्युदण्ड दिन पाइँदैन, तर अब स्थानीय कानुनले धेरै ठाउँमा मृत्युदण्डको कुरा अहिले पनि समाप्त पारेको छैन। कतिपय देशमा यो समाप्त पारिएको छ।” अपराधी ठहरिएमा सजायका अन्य कानुनी बाटोहरू अङ्गाल्न सकिने भन्दै उनले मृत्युदण्ड दिने कानुन सबै देशबाट हटाउनुपर्नेमा आफ्नो अडान राखे।

मानव अधिकारको विषयमा लामो मन्तव्य दिएका दाहालले मानव अधिकारभित्र असहमत हुने अधिकार रहेको पनि प्रस्ट पारे। उनको विचारमा, “जहाँ शासनको विरुद्ध बोल्न पाइदैन, जहाँ चाहिँ असहमति राख्न पाइँदैन, जहाँ चाहिँ आफ्नो अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्न पाइदैन, त्यहाँ कहिँ पनि मानव अधिकार भएको मानिँदैन।”

कार्यक्रममा उपस्थित अर्का अतिथि चैतन्य कृष्णले विश्वव्यापी रूपमा एक मनुष्यले अर्कोप्रति गर्नुपर्ने व्यवहारको साथसाथै मनुष्यले संसारका अन्य पशुप्राणीहरूलाई पनि विशेष ध्यान दिएर उनीहरूको पनि रक्षाको चिन्ता मानवले गर्नुपर्ने बताए। उनले भने, “मानवचाहिँ सर्वोच्च चेतनशील प्राणी भनेर हामीले भन्छौँ। त्यसैले मचाहिँ मानव अधिकारभन्दा पनि अहिलेसम्म सबैभन्दा धेरै पशुअधिकारको बारेमा बोल्ने गर्‍या छु, किनभने आवाजविहीनहरूको आवाज नै सबैभन्दा फलदायी आवाज हो। हामी बोल्न सक्छौँ, बोल्न नसक्नेको पनि आवाज बोल्नुपर्छ भन्छु मैले।”

यस्तै, म्यान्माबाट सहभागी भएका कार्यक्रमका अर्का अतिथि प्रकाश चन्द्र अर्यालले मानव अधिकारको अन्तिम लक्ष्य आफ्नो जीवनलाई उद्धार गर्नुपर्ने रहेको बताए।

साहित्य मन थाइल्याण्डले सञ्चालन गर्दै आइरहेको ‘आदर्श दिव्य दर्पण’को छैटौँ शृङ्खलाका लागि विश्व मानव अधिकार दिवसको सन्दर्भ छनोट गरिएको थियो। साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव दीपा रानाले सञ्चालन गरेकी थिइन्।

सेयर: 14
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
93%
1 km/h
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ