वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ ।

विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन् । जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् ।

सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको र भोलिदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सय ७८ ले अनुमति लिएका थिए । यो वर्ष पनि सोही सङ्ख्यामा आरोही आउने विभागको विश्वास छ ।

सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले सगरमाथा आरोहणका लागि हालसम्म ३० भन्दा बढी विदेशी आरोहीले बुकिङ्ग गरेको जानकारी दिनुभयो । यस्तै इमाजिन ट्रेकमार्फत पनि चिनियाँ र युरोपका आरोहीले बुकिङ गराएको कम्पनीले उल्लेख गरेको छ । हिमाल आरोहणका लागि आरोहीले अनलाईन बुकिङ गर्नसक्ने व्यवस्था मिलाईएको विभागले जनाएको छ । यसले आरोहीलाई सहज हुने विभागको विश्वास छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
39%
3 km/h
आइत
25 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ