Ad imageAd image

आम जनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई अध्यक्ष ओलीको आग्रह

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गर्नुभएको छ ।

शनिबार काठमाडौंमा बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले सो आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले जनताको विश्वास घट्ने गरी न्याय निरुपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण गराउनुभयो ।

पर्याप्त सोच विचार बिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरुपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उहाँको भना थियो ।

- Advertisement -
Ad imageAd image

अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामुहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरुपण गर्दा अदालतले सो विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम आरोलो लागेको जिकिर गर्दै अब क्रमशः अघि बढ्ने दाबी समेत गर्नुभयो ।

facebook sharing button
twitter sharing button

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
92%
शनि
21 °C
आइत
26 °C
सोम
26 °C
मंगल
23 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ