प्रधानमन्त्री कप क्रिकेट: नेपाल पुलिस क्लब च्याम्पियन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो ।

आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो । पुलिसका लागि शंकर रानाले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा सर्वाधिक ६२ रनको योगदान दिए । उनले ५ चौका र ४ छक्का हिर्काए । त्यस्तै अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ७ चौका र १ छक्का हिर्काए । ७ विकेटका ६९ रनको खराब स्थितिमा रहेको बेला यादवले सोमपाल कामीसँग आर्मीको इनिङ्स सम्हालेका थिए । सोमपालले ३९ रन बनाए ।

आर्मीका लागि ओपनर इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाल पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
60%
3 km/h
बुध
24 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ