प्राध्यापक यौन दुव्र्यबहारको आरोपमा पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनगढी । धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) कलेजका एक प्राध्यापक यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन्। हिजो (शनिबार) बीएचएम प्रोग्रामका कोर्डिनेटरसमेत रहेका अन्दाजी ३३ वर्षीय डिल्लीराज भण्डारीलाई कैलाली प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार क्याम्पसमा अध्ययनरत एक छात्रामाथि यौन दुव्र्यबहार गरेको आरोपमा भण्डारीलाई पक्राउ गरेको हो । क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुव्र्यबहार गरेका थिए ।

ती छात्राले भ्रमणका बेला बसभित्र आफूलाई गलत तरिकाले छोएर दुव्र्यबहार गरेको भन्दै क्याम्पसमा भनेपछि विवाद र विरोध भएको थियो। त्यसपछि हिजो प्रहरीले भण्डारीलाई समातेर थुनेको छ। यस्तै आज सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।

सेयर: 20
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
48%
1 km/h
शनि
27 °C
आइत
31 °C
सोम
32 °C
मंगल
33 °C
बुध
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ