दशरथ रंगशालामा रग्बी लिग हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — नेपाल रग्बी संघले दशरथ रंगशालामा पाँचौं राष्ट्रिय रग्बी फिफ्टिन्स रग्बी लिग फागुन ६ देखि १२ सम्म आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब र गोर्खाली रग्बी क्लब काठमाडौंको सहभागिता रहने मंगलबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीपक देवकोटाले बताए ।

सिंगल राउन्ड लिगका आधारमा प्रतिस्पर्धा हुने लिग विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउन संघका महासचिव गोविन्द घिमिरेले बताए ।

संघले सहभागी सबै टोलीका लागि तयारी खर्चस्वरुप ५ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । लिगमा सहभागी टोलीले २१ देखि २६ खेलाडी राख्न पाउनेछ । विभागीयबाहेक गोर्खाली टोलीले चाहेमा ५ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ