Ad imageAd image

भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

महोत्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय सिमानामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलओकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।

आफू प्रधानमन्त्री भएको बेला यो बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको र केही काम सुरु पनि भएको उल्लेख गर्दै उनले बाँकी प्रक्रियाका लागि सहयोग गर्ने बताए ।

आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र सम्भावित विकास निर्माणका काम अघि बढाउन पहल गर्ने भएकाले यो सवाल पनि अभियानकै एजेन्डा बन्ने अध्यक्ष प्रचण्डले स्पष्ट गरे े।

- Advertisement -
Ad imageAd image

सो क्रममा जलेश्वर उद्योग वाणिज्य संघले ज्ञापनपत्र पनि बुझाएको थियो। कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लाको पायक स्थानमा पर्ने जानकारी गराए । साथै उनले मणिपाल कलेजका लागि ३५ बिघा जग्गा स्थानीयबाट सस्तोमा लिएर अलपत्र छाडेकाले तत्काल काम सुरु आवश्यक निर्देशन दिन पनि अध्यक्ष प्रचण्डसँग आग्रह गरे ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
overcast clouds
26° _ 26°
76%
2 km/h
आइत
26 °C
सोम
24 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ