Ad imageAd image

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाण्डौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिदैं हुनुहुन्छ । तत्कालीन सहयात्री दलहरूले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उहाँले विश्वासको मत लिन लाग्नु भएको हो ।

गत फागुन अन्तिम साता नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सरकारबाट हटेका थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।

- Advertisement -
Ad imageAd image

३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहनू भएको नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो ।

अल्पमतमा रहनू भएका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहनू भएको छ ।

खास गरेर उहाँले राप्रपालाई मनाइ रहेको बुझिएको छ । यद्यपि, सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखा परेकाले उहाँले उन्मुक्तिकै केही सदस्यबाट मत पाउन नसक्ने सम्भावना पनि देखिएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
moderate rain
22° _ 22°
94%
शनि
28 °C
आइत
24 °C
सोम
25 °C
मंगल
21 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ