रुकुम पश्चिमको चौरजहारिमा प्रथम वडा कप भलिबल हुने,प्रत्योगिताको मिडिया संयोजन थाइल्यान्ड नेपालले गर्ने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रथम वडा कप हुने भएको छ । जिल्लाको चौरजहारी नगरपालिका १२ स्थित पातिहान्ल भन्ने ठाउँमा खुल्ला वडा स्तरीय पुरुष भलिबल हुने भएको हो ।

वडाको लेखबेसी युवा क्लबको आयोजनामा आगामी बैशाख १ देखी ३ सम्म खेल संचालन हुने आयोजक लोकेन्द्र खत्रीले जानकारी दिनु भएको हो ।

पालिकाकै अग्लो ठाउँ पातिहाल्न लेखमा पहिलो पटक कप संचालन हुन लागेको हो, उहाले भन्नुभयो जुन ठाउँलाइ नगरपालिकाले पर्यटकीय स्थल बनाइरहेको छ ।

खेलमा प्रथम पुरस्कार ५० ००० दोस्रो पुरस्कार ४० ००० र तेसो पुरस्कार ३० ००० राखिएकोमा दर्ता शुल्क ५००० राखिएको छ । खेल सुद्द वडा स्तरीय हुने यदि कुनै टिमले वडा भन्दा बाहिरको खेलाडी राखेमा टिमलाई स्वत नकाउट गरिने आयोजक समिति ज्ञान बिक्रम वलि ले बताउनु भएको हो ।

उहाँका अनुसार खेलाडी अनिवार्य आफ्नो खेल पोशाकमा खेल मैदानमा आउन पर्ने, खेल अबधिभर खाना बस्नको ब्यबस्था आफै गर्नुपर्ने र खेलाडी खेल खेल्नु पुर्ब आफ्नो नागरिकताको प्रतिलिपी आयोजकलाई बुझाउनु पर्ने खेलका नियम रहेका छन ।

यसका साथै खेलाडीले चैत्र ३० गते साझ ५ बजेसम्म आफ्नो टिम दर्ता गरिसक्नुपर्ने छ भने बैशाख १ गते बिहान १० बजे देखि खेल संचालन हुनेछ ।

जसको मिडिया पाटनरमा भने थाइल्यान्ड नेपाल रहेको छ । प्रतियोगिता थाइल्यान्ड नेपाल डटकमको आधिकारिक फेसबुक पेज, युटुब लगायतका प्लेटफाम मार्फत लाईभ अपडेट तथा समाचार अपडेट हुनेछन् ।

सेयर: 29
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ