जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीमा सुरु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीको बर्दिबासमा आज(आइतबार)बाट सुरु भएको छ ।

दुई दिनसम्म चल्ने उक्त बैठकमा पाँच एजेन्डामा छलफल हुने जनाइएको छ ।

बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् ।

बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए । बैठकमा उपस्थित हुन अध्यक्ष डा.सिके राउत शनिबारनै जनकपुरधाम आएका थिए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
clear sky
16° _ 16°
46%
1 km/h
बुध
28 °C
बिहि
30 °C
शुक्र
29 °C
शनि
31 °C
आइत
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ