Ad imageAd image

कानून विपरित काम गर्ने व्यवसायीलाई सरकारले त्यतिकै छाड्दैन

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले कानून विपरित काम गर्ने व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल आहारपुरक सौन्दर्यपुरक संघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यको कानून अनुसार गरेको कामलाई कठोर तरिकाले नियन्त्रण नगर्ने भन्दै कानून विपरित जानेलाई मात्र कारबाही गर्ने बताए ।

उनले भने, ‘राज्य उपभोक्ताको मात्र होइन । व्यवसायीहरुको पनि संरक्षक हो । कसैले गरेको व्यवसायलाई दण्डित गर्ने गरि जादैनौ । हाम्रो उद्देश्य पनि त्यो होईन् । यसको अर्थ फेरि राज्य सँधै गोठालो भएर बस्छ भन्ने पनि होइन । कानून अनुसार गरेको कामलाई कुनैपनि हिसाब कठोर तरिकाले नियन्त्रण गर्ने कुरा खोजेका छैनौ । कानून विपरित जाने हो भने त्यसमा कारबाही गर्नुपर्छ ।

व्यापार, व्यवसायीहरुको संरक्षक पनि सरकार नै भएको भन्दै सरकारले अनुगमन गर्छ भनेर असल मनसायले व्यवसाय गर्ने कोही डराउनु नपर्ने पनि उनको भनाई छ । उनले आफूहरुले उपभोक्ताको हितलाई प्राथमिकतामा राख्ने पनि बताए ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
67%
1 km/h
बिहि
23 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
31 °C
सोम
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ