Ad imageAd image

कुवेतमा सवारी दुर्घटनामा परेकाको शव नेपाल ल्याउन श्रममन्त्रीको निर्देशन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ ।

वैदेशिक रोजगारीमा कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान बाटो काट्ने क्रममा गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो।

गाडीको ठक्करबाट सानो भर्‍याङका सुजन कार्की, अछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो। कुवेतस्थित नेपाली राजदूतावासका श्रम काउन्सलर गिरीप्रसाद आचार्यका अनुसार पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल ल्याउने तयारीका रहेको हो।

कुवेती महाबुल्लास्थित साथी भेट्न सुरतको कोठामा हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राती पुगेका थिए। मंगलवार बिहान आफ्नो कोठा फर्किने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिएको थियो ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
light rain
24° _ 24°
83%
1 km/h
बुध
23 °C
बिहि
24 °C
शुक्र
26 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ