Ad imageAd image

खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री सोडारी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

गोदावरी (कैलाली), १७ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभएको छ ।

गोजुरियो कराते दो सङ्घ सुदूरपश्चिमद्वारा आज धनगढीमा आयोजित मुख्यमन्त्री कप १०औँ इण्डो नेपाल च्याम्पियनसिपको उद्घाटन गर्दै मुख्यमन्त्री सोडारीले पूर्वाधार अभावमा खेलाडीलाई समस्या भएकाले प्रदेश सरकारले भौतिक संरचना निर्माणमा ध्यान दिएर आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका थुप्रै खेलाडी उत्पादन गर्ने ठाउँ भएकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री सोडारीले भन्नुभयो, “खेलकुद क्षेत्रमा सुदूरपश्चिम प्रदेशले फड्को मार्दै गएको छ । त्यसैले प्रदेश सरकारले बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्ने छ ।” उहाँले प्रदेश सरकारको बजेट सीमित भए पनि खेलाडीको हौसला बढाउने किसिमले बजेट विनियोजन गरिने बताउनुभयो । सुदूरपश्चिम प्रदेशलाई खेलकुदको हब बनाउन तीनै तहका सरकारले विशेष चासो राख्नुपर्ने मुख्यमन्त्री सोडारीले बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छिमेकी मुलुक भारत तथा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका खेलाडी सहभागी छन् ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
71%
आइत
29 °C
सोम
30 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ