Ad imageAd image

प्रदेश लोक सेवा आयोग पदाधिकारीविहीन, नियुक्ति सिफारिसको प्रक्रिया ठप्प

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

जनकपुर, चैत १ गते । प्रदेश लोक सेवा आयोग मधेश प्रदेश आयोगविहीन (पदाधिकारीविहीन) छ । मधेश प्रदेश सरकारले पदाधिकारी नियुक्ति नगर्दा आयोगविहीन अवस्थामा पुगेको हो । आयोगमा पदाधिकारी नहुँदा पछिल्लो नौ दिनदेखि कर्मचारी नियुक्ति सिफारिसका सम्पूर्ण प्रक्रिया ठप्प छ ।

प्रदेशमा अध्यक्ष एक र दुई सदस्य गरी तीन जनाको प्रदेश लोकसेवा आयोग रहने प्रदेश लोकसेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा १ मा व्यवस्था गरेको छ । अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्ष तोकेको छ ।

सोहीअनुसार अध्यक्ष र सदस्यलाई नियुक्ति गरिएको थियो । तर उमेर हद नाघेको कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते अवकाश प्राप्त गर्नुभएको आयोगका कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

आयोगका अर्का सदस्य महारुद्र झा पनि उमेर हद नाघिसकेको कारण २०७९ पुस ३ गते अर्थात् एक वर्ष चार महिना अगाडी नै अवकाश प्राप्त गर्नुभएको छ ।

आयोगका पदाधिकारीमा डा. सुजाता देव मात्र एक जना सदस्य हुनुहुन्छ । पदाधिकारीको उमेर हद म्याद ६५ वर्ष तोकेको छ ।

आयोगले माग क्लेकशन (रिक्त दरबन्दी माग), विज्ञापन निकाल्ने, पाठ्यक्रम-प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, अन्तर्वार्ता र नियुक्तिका लागि सिफारिस गर्ने मुख्य काम रहेको प्रदेश लोकसेवा आयोगका प्रवक्ता उपसचिव गगेशगुञ्जन झाले जानकारी दिनुभयो ।

“आयोगले रिक्त दरबन्दीको मागदेखि सिफारिससम्म प्रत्येक कामको लागि प्रत्येक चरणमा नीतिगत निर्णय गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “नीतिगत निर्णय आयोगको बैठकले मात्र गर्न सक्छन् । यसको लागि अध्यक्ष र कम्तीमा एक जना सदस्य अनिवार्य हुनुपर्दछ ।

रिक्त भएको अध्यक्ष र एक जना सदस्यमा अहिलेसम्म कसैलाई नियुक्त नगरिएकोले आयोगको बैठक बस्न सकेको छैन ।”आयोग विभिन्न तहका गरी एक लाखभन्दा बढी सहभागीको परीक्षा लिइसकेको जनाउँदै आयोगका सदस्य डा.सुजाता देवले उत्तरपुस्तिका परीक्षणको लागि आयोगको बैठकबाट निर्णय लिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “आयोग (पदाधिकारी) छैन, निर्णय कसरी गर्छौँ ।

उत्तरपुस्तिका परीक्षणको लागि आयोगको बैठकले दक्ष, विषय विशेषज्ञ मनोनयन-चयन गर्नु निर्णय लिनुपर्छ, उहाँले थप्नुभयो, आफू एक्लै छौँ, निर्णय कसरी गर्छौँ । विज्ञ मनोनयन र उत्तरपुस्तिका परीक्षणको लागि नीतिगत निर्णय नहुँदा सो उत्तरपुस्तिकाको परीक्षण रोकिएको छ ।

“यस्तै, आयोगले विज्ञापन गरेको इन्जिनियरिङ, स्वास्थ्य, वन र कृषि सेवाका विभिन्न समूहमा करिब छ हजार आवेदन दर्ता भएको छ, आयोगका प्रवक्ता उपसचिव झाले चौँथौ, पाँचौँ, सातौँ र एघारौँ तहका ती पाँच-छ वटा विज्ञापनको परीक्षाको मिति घोषणा गरिसकेको छ ।

यही वैशाखमा लिने परीक्षाको लागि पनि नीतिगत निर्णय लिनुपर्दा समस्या आउने सक्ने भएकाले परीक्षा नै स्थगन गर्नु पर्ने सम्भावना बढेको उहाँले बताउनुभयो । आयोगमा पदाधिकारी नभएको कारण

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
88%
3 km/h
शुक्र
16 °C
शनि
22 °C
आइत
21 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ