काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ‘ए र नेपालबीच हुने पाँच टी-२० खेलको तालिका सार्वजनिक भएको छ ।
वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो ।
नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ ।
खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ ।वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले टी-२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।
Recent Visitors: 6
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1