माओवादी केन्द्रको स्थायी समिति बैठक दोस्रो दिन सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दोस्रो दिन सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा स्थायी समिति सदस्यहरूले मस्यौदा विधान २०८० माथि आ–आफ्ना धारणा राखिरहेको कमला रोकाले जानकारी दिनुभयो ।

शुक्रबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा कार्यदलले बुझाएको सुझावसहितको मस्यौदा पेस गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले समसामयिक राजनीति र अन्तर्राष्ट्रिय अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो ।

मस्यौदाकारहरूले मस्यौदाको सारबारे बताएका थिए । बैठकले मस्यौदा परिमार्जनसहित अनुमोदन गरी आज सकिनेछ । आइतबार र सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा विधान अधिवेशन हुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ