प्रतिनिधि सभाको बैठकलाई निरन्तर चल्न दिने दलहरुबीच सहमति, भोली संसद बस्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदमा जारी अवरोधका विषयमा दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

शनिबार बिहान सिंहदरबारमा बसेको बैठकमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने सहमति भएको छ ।

बैठकमा चैत १८, १९, २० र २१ गते लगातार प्रतिनिधि सभाको बैठक चलाउने विषयमा सहमति बनेको छ । बैंककमा कांग्रेसले राजनीतिक दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले अहिले नल्याउने र त्यसलाई २७ गते सार्ने प्रस्ताव गरेको गरेको थियो ।

यस्तै बैठकले चैत २७, २८ र २९ गते पनि लगातार बैठक राख्ने क्यालेन्डर बनाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । आइतबार ११ बजे प्रतिनिधि सभा बैठक बस्नुअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय भएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
64%
1 km/h
आइत
21 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ