Ad imageAd image

थाइल्यान्डमा ईन्टरनेशनल एचिभमेन्ट अवार्ड भव्यरुपमा सम्पन्न, यस वर्षको विशेष रजत सम्मान गायक पोखरेललाई

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने


बैंकक । थाईल्यान्डको बैंककमा ईन्टरनेशनल एचिभमेन्ट अवार्ड भव्यरुपमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा विभिन्न व्यक्तीहरुलाई विभिन्न विधामा अवार्ड तथा सम्मान गरिएको थियो । कार्यक्रममा यस वर्षको विशेष रजत सम्मान वरिष्ठ गायक तथा संगीतकार सीताराम पोखरेललाई प्रदान गरिएको छ ।

एसमपी मिडियाको आयोजना तथा प्याजेन्ट नेपाल नेटवर्क र निकिला मिडियाको सहकार्यमा थाइल्याण्डको बैंककमा सम्पन्न अवार्ड तथा विशेष रजत कार्यक्रममा गायक पोखरेललाई प्रदान सम्मान गरियो हो । त्यस्तै, शव्द रचना तथा साहित्य तर्फ रजत सम्मान यस वर्ष विश्वकिर्तिमानी गीतकार डा.डिआर उपाध्यायलाई प्रदान गरिएको छ ।

यसैबीच, सामाजिक सेवाकालागि वरिष्ठ समाजसेवी सोमा खत्री, युवा सार्वजनिक सेवा सम्मान दिवाकर रेग्मी, कला तथा साहित्य सम्मान कमला राई, संचार सेवा सम्मान रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल, युवा उद्यमी सेवा सम्मानबाट प्रविन केसी, पर्यटन उद्यमी सम्मानबाट पोखराका प्याराग्लाइडिङ्ग पाईलट महेश रावललाई प्रदान गरिएको छ । कार्यक्रममा थाइल्याण्ड, भियतनाम र कम्बोडियाका करिव ३ दर्जनबढी विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

- Advertisement -
Ad imageAd image

बैंककको होटल प्रिन्सटनमा आयोजित अवार्ड समारोहमा यस वर्षको उत्कृष्ट चरित्र अभिनेताको अवार्ड शिवहरि नेपाल बैरागीलाई प्रदान गरिएको थियो । उत्कृष्ट दशकौ गायनको अवार्ड नरहरि प्रेमीलाई दिइएको छ । यसै गरि गायनतर्फबाटै अवार्ड जित्नेहरुमा दशकौं लोक गायक राम बहादुर गुरुङ्ग, अक्कल बिरही, उत्कृष्ट लाईभ दोहोरी ठाडो भाका गायन (महिला)को अवार्ड अनिता गुरुङ्ग, उत्कृष्ट ठाडो भाका गायन (महिला)बाट सीतादेवी दुरा,उत्कृष्ट ठाडो भाका गायक पुरुषबाट बुद्धिमान गुरुङ्ग, उत्कृष्ट काठे गायक महिलाबाट शोभा क्षेत्रीलाई अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै, उत्कृष्ट गायक डेब्यु महिलाबाट अन्शु उप्रेती रहेका थिए, भने उत्कृष्ट गीतकार आधुनिकबाट युवराज अधिकारी, उत्कृष्ट संगीतकार आधुनिकबाट कृति न्यौपाने, उत्कृष्ट तामाङ्ग भाषा चलचित्र लेखकबाट रितुराज पाख्रिन, उत्कृष्ट तामाङ्ग सेलो मोडलबाट प्रबल थिङ्ग, उत्कृष्ट मोडलबाट संजित भण्डारी, उत्कृष्ट चरित्र अभिनेता पवन प्रसाद खतिवडा ‘बाबा’,उत्कृष्ट अभिनेत्री टेलिचलचित्रबाट रियाशा दाहाल, उत्कृष्ट डेब्यु मोडलबाट मेग सुवेदी, उत्कृष्ट सामाजिक अभियन्ताबाट केपी खनाल, उत्कृष्ट समाजसेवीबाट रन्जिता गुरुङ्ग, उत्कृष्ट कस्मेटोलोजीबाट मन्दिरा खड्का ‘हायु’,उत्कृष्ट महिला उद्यमीबाट अरुणा सुवेदीलेलाई यस वर्षको ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको हो ।


आयोजक समितिका अध्यक्ष नायक श्रीदेव भट्टराईले नेपाली कला साहित्यलाई संसार भर चिनाउने उद्धेश्यकासाथ नेपाली कलाकारहरुले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एनआरएन, थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले शुभकामना तथा वधाई सहित विदाई गर्नुभएको थियो ।

अवार्ड कार्यक्रमलाई राष्ट्र खवर, पव्लिक सूचना, नेपाल एयरलाईन्स, बोन ट्राभल्स लगायतले सहयोग गरेको थियो । दोश्रो संस्करणको ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड युएईको दुवईमा चाडै गर्ने आयोजकले जनाएको छ ।

सम्मान थाई नेपाली समाजका पूर्व अध्यक्ष तथा व्यबसायी कुमार कार्की, बैंककका वरिष्ठ युवा व्यबसायी तवान नाम्हन्याएल, थाई सरकारकी राजश्व अफिसर कमोनन फोटीटाई, व्यवसायी तथा एनआरएनए थाइल्याण्ड उपाध्यक्ष आतिश श्रेष्ठ, जेम्स कार्की, सुनील खड्का, मेरो डान्स युनीभर्सकी विजेता खुशी कार्की (सुकी) लगायतले विभिन्न विधाका व्यक्तीहरुलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

सेयर: 29
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
broken clouds
25° _ 25°
61%
4 km/h
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ