शान्तिवाटिकाबाट धर्नामा बसेकालाई महानगर प्रहरीले हटाइयो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — शान्तिवाटिकामा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले हटाएको छ ।

मंगलबार बिहान नगर प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान भन्दै उनीहरुलाई जबरजस्ती हटाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको कारण देखाउँदै गत मंसिरदेखि माइतीघर मण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारी शान्तिवाटिका सरेका थिए ।

एक प्रदर्शनकारीका अनुसार नगर प्रहरीले शान्तिवाटिका पुगेर प्रदर्शनकारीलाई लछारपछार गरेको छ भने उनीहरुको सामाग्री समेत फालिदिएको छ । अहिले शान्तिवाटिका छिर्ने गेटमा ताला लगाइएको छ ।

यसअघि पनि प्रहरीले प्रदर्शनकारीलाई शान्तिवाटिका छोड्न दबाब दिएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ