काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित शीर्ष नेताबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार नेकपा (माओावदी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपाक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताबिच टीआरसी सम्बन्धमा छलफल जारी छ। बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ समेत सहभागी रहनुभएको सचिवालयले जनाएको छ ।
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७ औँ भाग भव्य रूपमा सम्पन्न गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भ पारेर संस्थाले ‘मनभित्रको…


