Ad imageAd image

देशलाई सबल र समुन्नत बनाउन लाग्नुपर्छ : उपराष्ट्रपति यादव

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रदेशलाई संविधानसम्मत अधिकार सम्पन्न बनाउन आह्वान गर्नुभएको छ । नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना दिनुहुँदै उहाँले सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई अधिकारसम्पन्न बनाउन सबै एकढिक्का भई अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा गणतन्त्रात्मक लोकतान्त्रिक सङ्घीयता र समावेशीतालाई सबैले पालना गर्न सक्ने शक्ति र सामथ्र्य नयाँ वर्ष २०८१ ले प्रदान गर्नेमा विश्वास समेत व्यक्त गर्नुभएको छ ।

“नव वर्ष, २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, सुदीर्घ र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ, “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले नयाँ वर्षमा सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन सबै एक ढिक्का भई अघि बढ्ने विश्वास पनि व्यक्त गर्दछु ।”

- Advertisement -
Ad imageAd image

उपराष्ट्रपति यादवले देशलाई सबल र समुन्नत मुलुक बनाउन सबैलाई प्रतिबद्ध र कटिबद्ध हुनका लागि आह्वान गर्नुभएको छ । मुलुकमा वर्षौंदेखि अक्षुण्ण रहेको विविधता र एकतालाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प र प्रण लिने अवसरका रुपमा नयाँ वर्षलाई लिन उहाँको सुझाव छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
68%
1 km/h
आइत
24 °C
सोम
28 °C
मंगल
32 °C
बुध
30 °C
बिहि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ