Ad imageAd image

काठमाडौंमा गणतन्त्र र राजावादी समूहको प्रदर्शन, सुरक्षा व्यवस्थापनमा स्वयंसेवक परिचालन

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्ने तयारी गरेका छन् । यी प्रदर्शनहरूलाई ध्यानमा राख्दै सरकार र स्थानीय प्रशासनले उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई विरोध प्रदर्शनको सुरक्षा व्यवस्थापनलाई संयुक्त सुरक्षा संयन्त्रका माध्यमबाट सुदृढ बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सुरक्षा अधिकारीहरूले भने, कुनै अप्रिय घटना नहोस् भन्ने सुनिश्चित गर्न विशेष निगरानी राख्ने तयारी गरेका छन् ।

यसैगरी स्वयंसेवक व्यवस्थापन तथा परिचालन कमिटीले पनि कुनै अप्रिय घटना नघटनाका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । यसक्रममा, विभिन्न संघसंस्थाहरूका स्वयंसेवकहरूलाई परिचालन गर्ने व्यवस्था मिलाइएको छ । यी स्वयंसेवकहरूको मुख्य जिम्मेवारी प्रदर्शनका दौरान मञ्च व्यवस्थापन, र्यालीका लागि क्षेत्र निर्धारण र घुसपैठ निगरानी जस्ता कार्यहरूमा केन्द्रित रहने छ ।

स्वयंसेवक परिचालन तालिकाः

- Advertisement -
Ad imageAd image

युवा संघ नेपालः १५० जना

अनेरास्ववियूः ५० जना

नेपाल खेलकुद महासंघ (समाजवादी)ः ५० जना

एकीकृत ट्रेड युनियन महासंघः २५ जना

नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)ः २५ जना

सङ्घीय सम्पर्क कमिटीः १० जना

अखिल नेपाल किसान महासंघ (समाजवादी)ः ५ जना

स्वयंसेवकहरूको जिम्मेवारी मञ्च व्यवस्थापन, शान्ति बाटिका क्षेत्रको निगरानी, र्यालीका पछाडि सुरक्षा व्यवस्था, र घुसपैठको निगरानी जस्ता विभिन्न कार्यहरूमा रहने छ ।

सम्पूर्ण सुरक्षा व्यवस्था, प्रदर्शनमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने लक्ष्यका साथ तयारी गरिएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
73%
5 km/h
बुध
20 °C
बिहि
22 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ