Ad imageAd image

किन प्रदूषित बन्दैछ काठमाडौँ ? दोस्रो नम्बरमा ढाका

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ। देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि प्रदूषण घट्न सकेको छैन।

देशभरको वायु प्रदूषणको मात्रा मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्याङ्क अनुसार काठमाडौँ सबैभन्दा बढी प्रदूषणको सूचीमा एक नम्बरमा रहँदा दोस्रो नम्बरमा बङ्गलादेशको ढाका रहेको छ। भारतको कोलकाता तेस्रो स्थानमा रहेको छ।

काठमाडौँको एयर क्वालिटी इन्डेक्स १७८ रहेको छ। यो स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।

- Advertisement -
Ad imageAd image

बङ्गलादेशको एयर क्वालिटी इन्डेक्स १५८ रहेको छ। भारतको कोलकाताको एयर क्यालिटी इन्डेक्स १५४ रहेको छ। १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ।

२०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ।

पछिल्लो समय नेपालमा धेरै डढेलोका घटना भइरहेकाले उपत्यकाको वायु प्रदूषणको मात्रा पनि बढेको हो।

एक साताअघिदेखि काठमाडौँको वायु प्रदूषण मानवीय स्वास्थ्यलाई हानी गर्ने स्तरमा प्रदूषणको तह पुग्दै गएको छ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
overcast clouds
25° _ 25°
80%
2 km/h
शनि
23 °C
आइत
26 °C
सोम
25 °C
मंगल
23 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ