Ad imageAd image

सरकारमा सहभागी भएसँगै रास्वपाद्धारा दबाब यात्रा स्थगित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सरकारका कामकारबाहीमा प्रश्न गर्दै आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो ।

२१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो । ‘नयाँ र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको छ,’ महामन्त्री मुकुल ढकालले भने, ‘समाधान विधि निकाल्ने गरी नयाँ तरिकाले गर्छौं ।’ स्थगित भएको दबाब यात्रा कहिलेबाट गर्ने भन्नेबारे भने रास्वपाले निर्णय लिएको छैन ।

२१ फागुनबाट रास्वपा सरकारमा गएपछि विकास आयोजनामा दबाब यात्राले निरन्तरता पाएको छैन् । यसबीचमा ३ वटा मात्रै आयोजनामा रास्वपाले दबाब यात्रा गरेको छ ।

२१ माघमा सभापति रवि लामिछानेको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना निर्माणमा दबाब दिन सिन्धुपाल्चोक–काठमाडौं यात्रा गरिएको थियो । २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाका लागि फरक–फरक आयोजनामा दबाब यात्रा गर्ने गरी सूची बनाइएको थियो ।

- Advertisement -
Ad imageAd image

२१ वटा विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गर्नु अघि रास्वपाले नारायणगढ–बुटबल सडकखण्डमा खबरदारी यात्रा गरेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
thunderstorm
19° _ 19°
100%
शनि
30 °C
आइत
28 °C
सोम
30 °C
मंगल
31 °C
बुध
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ