काठमाडौं । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो । प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् । यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् । बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।
धरानमा निःशुल्क दन्त परीक्षण सेवा सुरु, उपचारमा पनि विशेष छुट
धरान । धरान–२, देशीलाइनस्थित ओम साई डेन्टल इम्प्लान्ट सेन्टर प्रा.लि. मा श्रावण १५ गतेदेखि निःशुल्क दन्त परीक्षण शिविर सुरु भएको छ। स्व. विष्णु–मनमाया जोशी फाउन्डेसनको सहयोगमा सञ्चालन भइरहेको उक्त शिविर…


