चुनावको चिन्ता अहिलेनै किन ? गगन थापा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अन्य पार्टीका जस्तो ०८४ को चुनावी चिन्ता नगरी काम गर्नुपर्ने बताउनुभएको छ । कटारीमा शुक्रबार आयोजित उदयपुर पार्टीको प्रथम सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले २०८० देखि ८३ सम्मको ४ वर्षे अवधिमा काँग्रेसले कुरा होइन, काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले खर्चकै कारण सङ्घीयता धरापमा पर्ने कुरामा कसैलाई शङ्का नगर्न पनि आग्रह गर्नुभयो । आर्थिक अनुशासनहीनता भने बढेको देखिएकाले संघ, प्रदेश र स्थानीय तहले मितव्ययिता अपनाउनुपर्नेमा उनको जोड थियो ।

सहमहामन्त्री भीष्मराज आङदम्बेले पहिचानको मुद्दा पेचिलो भइरहेकाले आफ्नो भूगोल, पहिचान र धर्मप्रति सबैको लगाव हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अहिलेसम्मका सरकारले भौतिक विकासमा मात्र बजेट छुट्टाउँदै आएको तर आफु मुख्यमन्त्री भएपछि मानवीय विकासमा काम गर्न लागिएको बताउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ