काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राती पौने एक बजे भन्सार पास भइसकेपछि सुन बरामद भएको हो । हामीलाई पहिले सुराकी पनि थियो । बिहीबार जस्तै ज्याकेटभित्रको वस्त्रमा ६ थान अर्धतरल सुन ल्याएका रहेछन् चन्दले भने । फ्लाइ दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो । मोहम्मदसँगै आएका भएकाले दुई सुडानीलाई आशंकामा पक्राउ गरिएको चन्दले बताए । गत बिहीबार पनि १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मिनबहादुर घले पक्राउ परेका थिए ।
साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’ २४औं शृङ्खला सम्पन्न: भाषा, साहित्य र संस्कृतिको जगेर्नामा जोड
बैंकक – जनैपूर्णिमाको पवित्र अवसर पारेर ‘साहित्य मन थाइल्याण्ड’ ले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २४औं संस्करण भव्यताका साथ सम्पन्न गरेको छ। अगस्ट २६ तारिख बुधबारका…


