त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राती पौने एक बजे भन्सार पास भइसकेपछि सुन बरामद भएको हो । हामीलाई पहिले सुराकी पनि थियो । बिहीबार जस्तै ज्याकेटभित्रको वस्त्रमा ६ थान अर्धतरल सुन ल्याएका रहेछन् चन्दले भने । फ्लाइ दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो । मोहम्मदसँगै आएका भएकाले दुई सुडानीलाई आशंकामा पक्राउ गरिएको चन्दले बताए । गत बिहीबार पनि १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मिनबहादुर घले पक्राउ परेका थिए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ