‘नम्बरी सुन’ को नयाँ गीत सार्वजनिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युटुब च्यानलमार्फत चलचित्रमा समावेश ‘तिमी बर म पिपल…’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको छ । 

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा गौरव पहारी र नम्रता सापकोटाको अभिनय रहेको छ । गीतको भिडियोलाई मानकृष्ण महर्जनले छायाङ्कन गरेका हुन् । चलचित्रमा गौरव र नम्रतासँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

शिवम् अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायाङ्कन, गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर रहेको छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ