नेता कोइरालाले भनेः वर्तमान सरकार परिवर्तन आवश्यकता छ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कांग्रेस नेता डा शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तनको विकल्प नभएको बताउनुभयो । विराटनगर विमानस्थलमा बिहीबार संवाददाताहरूसँग कुरा गर्दै कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाउनुभयो । उहाँले यो सरकारले जनतामा आशसम्म जगाउन नसक्ने सरकार परिवर्तनको विकल्प नभएको बताउनुभयो ।

कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने कोइरालाको दाबी थियो । यो सरकारसँग जनता निराश भएका छन् । जताततै भ्रष्टाचार र व्यथिति मौलाएको छ । उनले भने, ’जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ ।

अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन । कोइरालाले सरकारको असक्षमताका कारण मुलुकमा आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकता मौलाएको छ ।’ कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
broken clouds
27° _ 27°
74%
2 km/h
सोम
29 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ