बस चोरेर चितवन लग्दैगरेका किशोर पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पोखरामा रोकिराखेको बस चोरेर चितवन लग्दैगर्दा एक किशोर पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको वडा–९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका किशोरलाई प्रहरीले पक्राउ गरेका जनाएको हो ।

शुक्रबार राति चितवनको भरतपुर नगरपालिका –११ आँपटारीबाट सो बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तनहुँको म्याग्दे गाउँपालिका १७ घर भएका ती किशोरलाई आँपटारीमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ । यसैगरी अर्का एक किशोर चौथो पटक स्कुटर चोरीमा पक्राउ परेका छन् । मङ्सिर १९ गते पोखरा–३, नदीपुरमा पार्किङमा राखिएको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा–१, बगरबाट ग ८ प ९९३ नम्बरको स्कुटर चोरी आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले बागलुङ स्थायी घर भई पोखरा–१६, दीप बस्ने १७ वर्षीय किशोरलाई स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ । युवालाई पनि अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिन म्याद थपगरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता विकले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ