बागमती प्रदेशका १० अस्पतालको स्तरोन्नति गरिने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । पुस ३ गते मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका १० वटा अस्पतालमा बेड सङ्ख्या थप गर्दै स्तरोन्नति गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका १० वटा अस्पतालहरूलाई ५० देखि ३०० बेडसम्म स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

ती अस्पतालहरूका लागि एक हजार ६६९ जना कर्मचारीको सङ्गठन संरचना ९दरबन्दी० स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ । प्रदेश सरकारले प्रदेश स्वास्थ्य मन्त्रालयको (प्राविधिकसहित) एक हजार ६६९ जना कर्मचारीहरूको सङ्गठन संरचना (दरबन्दी) स्वीकृत गरेको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।

प्रदेश सरकारले मकवानपुरको हेटौँडा अस्पताल र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यसैगरी धादिङ अस्पताल धादिङ बेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०-५० बेडमा स्तरोन्नति गर्ने निर्णय भएको छ ।

कर्मचारीहरूको सङ्गठन संरचना स्वीकृत गर्दै हाल सञ्चालनमा रहेका १० वटा प्रदेश अस्पतालहरूको स्तरोन्नति गर्ने निर्णय गरेको हो । यस्तै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौँडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ