भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्तीहरू डुबानमा परेका छन् भने रेल तथा उडान सेवा रद्द गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।

भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलङ्काको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन् ।

मौसम विज्ञान केन्द्रका अनुसार कन्याकुमारी, तेनकासी, तिरुनेलवेली र थुथुकुडी जिल्लामा अझै २४ घण्टा भारी वर्षा हुनेछ । अभूतपूर्व वर्षाले धेरै क्षेत्रहरू जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसहरूमा बिदाको घोषणा गरेका छन् ।

अहिलेसम्म सात हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४ वटा राहत शिविरहरूमा राखिएको छ । बाढीका कारण थुथुकुडीमा सडकहरू पनि भत्किएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तुतीकोरिन जिल्लामा वर्षाका कारण भएको घटनामा एक जनाको मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण रेलको लिक बाढीमा डुबेपछि रेल सेवा समेत प्रभावित भएको छ । भारी वर्षाका कारण १७ वटा रेलको पूर्ण वा आंशिक रूपमा सेवा अवरूद्ध बनेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ