राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ११ हुने निर्वाचनका लागि सात प्रदेशमा १-१ वटा मतदान स्थल र २-२ वटा मतदान केन्द्र तोकेको हो । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगरलाई मतदान केन्द्र तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यस्तै, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बामगतीका लागि भुटनदेवी मावि हेटौँडा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालयमा मतदान स्थल तोकिएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीलाई मतदानस्थल तोकिएको छ । सबै मतदानस्थलमा २-२ वटा केन्द्र राखिएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्नेछन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ