काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ११ हुने निर्वाचनका लागि सात प्रदेशमा १-१ वटा मतदान स्थल र २-२ वटा मतदान केन्द्र तोकेको हो । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगरलाई मतदान केन्द्र तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यस्तै, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बामगतीका लागि भुटनदेवी मावि हेटौँडा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालयमा मतदान स्थल तोकिएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीलाई मतदानस्थल तोकिएको छ । सबै मतदानस्थलमा २-२ वटा केन्द्र राखिएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्नेछन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

प्रतिक्रिया
ट्रेन्डिङ
काँग्रेसको प्रदेशस्तरीय भेला सभापति थापाद्वारा उद्घाटन
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन…
लुम्बिनीमा डिजी स्कुल अवार्ड : डिजिटल शिक्षामा नयाँ क्रान्ति ल्याउने सकिने
काठमाडौं । लुम्बिनी प्रदेशको बुटवलमा ‘डिजी स्कुल अवार्ड २०८२’ सम्पन्न भएको छ। डिजी स्कुल ग्लोबलको…
सिनेमा ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त
काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले आज चलचित्रको स्क्रिप्ट पूजा…
सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधीबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको…

