विराटनगरको विकासका लागि आफु प्रतिबद्ध : प्रधानमन्त्री

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा आजदेखि शुरु भएको विराट ट्रेड एक्सपोको उद्घाटन गर्नुहुँदै उहाँले गिरिजा प्रसाद कोइरालाको गृह नगर विराटनगरको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कार्गो रेल्वे सेवालाई नियमित बनाउन तथा विराटनगरको चक्रपथ निमार्णमा आफूले पहल गर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्र प्रगति उन्मुख रहेकाले नेपाली जनतालाई निरास बनाउने अभिव्यक्ति कसैले दिन नहुनेमा उहाँले जोड दिनुभयो ।

मुलुकको समृद्धि, सामाजिक न्यायका निम्ति आफूले उल्लेखनीय रुपमा काम गरेको र सरकार अब नयाँ ढङ्गबाट अघि बढ्न लागेको उहाँको भनाइ थियो । उहाँले एक वर्षको अथक प्रयासपछि मुलुकको अर्थतन्त्र सही बाटोमा आएको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उद्योगी व्यवसायीलाई साथमा लिएर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रकै कारण विकास भएको विराटनगरको साख जोगाइराख्न विकास निमार्णका योजना कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मुलुकको आर्थिक विकासका लागि तिनै तहको सरकारबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले स्वदेशी बजार प्रवर्द्धन, कार्गो रेल नियमित सञ्चालन तथा प्रदर्शनी स्थल निर्माण लगायतका योजना विराटनगरमा सञ्चालन गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ