Ad imageAd image

एनसेलको सेयर खरिद बिक्री प्रकरणमा कार्यक्षेत्रभन्दा बाहिर छलफल भएको भन्दै असन्तुष्ट

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा कार्यक्षेत्रभन्दा बाहिर गएर विभिन्न समितिमा छलफल हुने गरेकोमा असन्तुष्टि पोखेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सभापति पोखरेलले भ्रष्टाचार छोप्न कार्यक्षेत्रभन्दा बाहिर गई विभिन्न समितिले एनसेलबारे छलफल गरेको उल्लेख गरेका छन्।

एनसेलबारे राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफसमेत दिएका थिए।

‘सरकारी सुण्ड मुसुण्डहरू एनसेल भ्रष्टाचार काण्डसम्बन्धी सार्वजनिक लेखा समितिले गरेको निर्णयलाई र सरकारलाई दिएको दवावलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत् विषय बङ्ग्याउने र  जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु,’ सभापति पोखरेलले लेखेका छन्, ‘जनतालाई सचेत हुन अपिल गर्दछु।’

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
3 km/h
मंगल
18 °C
बुध
29 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ