Ad imageAd image

नेताका कमजोरीका कारण व्यवस्थामाथि प्रहारःनेता पुन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताउनुभएको छ ।

माओवादी केन्द्रको बागमती प्रदेश समितिको राजधानीमा आयोजित बैठकमा उपमहासचिव पुनले नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैनन, पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन ।”

उपमहासचिव पुनले गणतन्त्र, सङ्घीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व र सामाजिक न्याय वर्तमान राज्य व्यवस्थाका खम्बा भएको र एउटा कमजोर हुँदा त्यसको प्रभाव स्वतः अर्कोमा पर्ने उल्लेख गर्नुभयो । व्यवस्था सञ्चालनका क्रममा विकृति र विसङ्गति देखिएको स्वीकार गर्दै उहाँले कमजोरी सुधारेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

उपमहासचिव पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार, तस्करी, कालोबजारी, दलालीकरण तथा सामन्ती अवशेषका रुपमा रहेको मिटरब्याजी समस्या समाधान गरेका कारण त्यस्ता धन्दाबाट लाभ लिइरहेका व्यक्ति आतङ्कित भएको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
3 km/h
मंगल
18 °C
बुध
29 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ