Ad imageAd image

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनःअध्यक्ष नेपाल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । शनिबार नेकपा एकिकृत समाजवादी दोलखाको १० औ जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले भन्नुभयो–‘एकथरी मानिसले संवैधानिक राजतन्त्रको कुरा उठाएका छन्, त्यो अधिकार अहिले राष्ट्रपतिलाई दिइएको छ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’ गणतन्त्रमा रहेका कमी कमजोरीलाई छलफल गरेर सुधार गर्न सकिने तर गणतन्त्रको विकल्पमा राजतन्त्रबारे सोच्न नसकिने उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले कोरोना महामारीपछि सिङ्गो मुलुकको अर्थतन्त्र बिग्रिएको उल्लेख गर्नुहुँदै राजनीतिक दलहरूले नेपाली जनतालाई सुखी र समृद्ध बनाउनेबारे खाका बनाउनुपर्ने उल्लेख गर्नुभयो । नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भीमप्रसाद दाहालको सभापतित्वमा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, सङ्घीय सांसद गंगा कार्की, बागमती प्रदेशका सांसद कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जूराम घतानी, नेपाली कांग्रेसका केशव चौलागाई, नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी, नेकपा एकीकृत समाजवादी दोलखाका सचिव अशोक दाहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
drizzle
22° _ 22°
88%
3 km/h
शनि
22 °C
आइत
29 °C
सोम
31 °C
मंगल
29 °C
बुध
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ