Ad imageAd image

गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मदन चोक नजिकै बोलेरो गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक प्रहरी हवलदार गम्भीर घाइते हुनुभएको छ ।

गाडीको ठक्करबाट रुकुमपश्चिम मुसिकोट घर भई हाल इलाका प्रहरी कार्यालय कोहलपुर मातहत प्रहरी बिट मदन चोकमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

त्यसै गरी बाँसगढी नगरपालिका वडा नं.५ बर्दिया घर भएका ३२ वर्षीय प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिउटीमै रहेका प्रहरी जवान र हवलदारलाई पश्चिमबाट पूर्वतर्फ आइरहेको भे १ च ३४०७ नम्बरको बोलेरो गाडीले गए राति मदन चोक नजिक ठक्कर दिएको थियो ।

- Advertisement -
Ad imageAd image

गाडीको ठक्करबाट गम्भीर घाइते हुनुभएका दुवै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको र उपचारका क्रममा प्रहरी जवान वलीको मृत्यु भएको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।

गम्भीर घाइते प्रहरी सहायक हवलदार बुढाक्षेत्रीको कोहलपुरमा उपचार सम्भव नभएपछि थपा उपचारका लागि काठमाडौँ पठाउन लागिएको प्रनाउ डाँगीले बताउनुभयो । प्रहरीलाई ठक्कर दिने बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
51%
4 km/h
सोम
29 °C
मंगल
31 °C
बुध
29 °C
बिहि
26 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ