सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारण सभामा मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गतिको अन्त्य र संस्कृति जगेर्ना गर्न नयाँ पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । समाजका हरेक क्षेत्रमा पहुँच र शक्तिवालाको बोलवाला चलेको उल्लेख गर्दै मन्त्री शर्माले रीति, थिति र अनुशासन कायम गर्न युवाको भूमिका रहनुपर्ने बताउनुभयो । कार्यक्रममा मध्यमाञ्चल साहित्यिक परिषद्का वरिष्ठ उपाध्यक्ष समिर शाहले देशको कला, संस्कृतिलाई जगेर्ना गर्न परिषद्ले अझ सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो । विसं २०५१ मा स्थापित परिषद्ले पुराना प्रतिभालाई संरक्षण गर्ने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान गर्दै आएको छ । साहित्यिक परिषद्का संस्थापक अध्यक्ष केशव गिरीले यस क्षेत्रका भाषा, साहित्य संरक्षणमा अझ सशक्त रूपमा लैजान नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिनुभयो । साहित्यिक परिषद्ले लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरेको छ । साथै आजै परिषद्को ‘खसानी’ गोष्ठीपत्र विशेषाङ्क लोकार्पण गरिएको छ । यो विशेषाङ्कमा २०७४ देखि हालसम्ममा मध्यपश्चिमका साहित्यिक अवस्थाका सम्बन्धमा सिर्जना गरिएका विभिन्न लेख, रचना समेटिएको छ ।
संस्कार, संस्कृतिको जगेर्नामा लाग्न नयाँ पुस्तालाई मन्त्री शर्माको आग्रह

प्रतिक्रिया
ट्रेन्डिङ
३६ वर्षीय प्रधानमन्त्रीले युवाको भावना बुझ्छन्, स्वदेशमै अवसर दिन्छन भन्ने अपेक्षा छ : सरोज वानियाँ
काठमाडौं । युवाको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले मंगलबार विश्व युवा दक्षता दिवस मनाइँदैछ ।…
धरानमा अग्रवाल समाजद्वारा महारानी माधवीजीको ५१४७औँ जन्म जयन्ती श्रद्धापूर्वक मनाइयो
धरान । अग्रवाल समाजकी कुल माता तथा महाराजा अग्रसेनजी महाराजकी अर्धाङ्गिनी महारानी माधवीजीको ५१४७औँ जन्म…
धरानलाई समर्पित ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक, एआई प्रविधिको प्रयोग
धरान l प्रविधि मैत्री बदलिँदो सन्सर सँगै अगाडि बढिरहेको गीत सङ्गीतको दुनियाँमा धराने गीतकार रमेश…
धरानको नयाँ स्मार्ट बसपार्कबाट सार्वजनिक सवारी सञ्चालन सुरु, भानु चोकबाट बस छुट्ने व्यवस्था अन्त्य
धरान । धरान–८ मा निर्माण गरिएको नयाँ स्मार्ट बसपार्कबाट शुक्रवार बिहानदेखि लामो तथा छोटो दूरीका…

