डिग्री माइलाको ट्रेलरले चर्चा कमाउदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । वैशाख १ गते रिलिज तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म डिग्री माइला (एमए थर्ड क्लास)को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बाँसुरी फिल्म्सले मर्मस्पर्शी ट्रेलर सार्वजनिक गर्‍यो । चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।

निर्देशक गुरुङले टिजर रिलिजदेखि नै दर्शकबाट प्राप्त प्रतिक्रियालाई लिएर आफूहरु उत्साहित रहेको बताए । दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका छ ।

आदर्शवादी लाग्ने यो चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । यसअघि सोही नाममा दयाहाङ निर्देशित नाटक समेत मञ्चन भइसकेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
62%
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
15 °C
आइत
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ