“आठबिसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” आयोजना हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटस्थित राडीबजार खुला मैदानमा यही चैत २२ गतेदेखि बैशाख २ गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ ।

कला साँस्कृतिक पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमले “आठबिसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” आयोजना गर्ने भएको हो ।

महोत्सवको तयारी तीव्र रूपमा भैरहेको आयोजक समितिका संयोजक तुल देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा करिव एक सय वटा स्टल, विभिन्न स्थानीय उत्पादनका साथै कृषि लगायतको प्रर्दशनी रहने छ । 

पर्यटन विकास तथा जिल्लाको सांस्कृतिक विविधताको प्रदर्शनका लागि महोत्सवको आयोजना गरिएको देवकोटाले बताउनुभयो ।  उद्योग वाणिज्य संघ आठबिसकोटसँगको साझेदारीमा यो महोत्सव संञ्चालन हुनेछ भने ब्यबस्थापनमा मिलन परियार रहने बताईएको छ । 

महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहने बताइएको छ । यसका साथै महोत्सवस्थलभित्र स्थानीय भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने संयोजक देवकोटाले जानकारी दिनुभयो।

पर्यटन र संस्कृति साथै स्थानीय व्यपारलाई समेत प्राथमिकतामा राखेर संञ्चालन हुने महोत्सवमा व्यवसायिक स्टलसमेत राखिनेछ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ